वि.सं:
नेपाल संवत: ११४४ कौलाथ्व दशमी - १०
मध्य पहाडी लोकमार्ग र उत्तर दक्षिण सहायक मार्गको मिलन विन्दु वा यसको करिव ३÷३ कि.मि. आसपासको क्षेत्र÷वस्तीहरुलाई समेटी वि.सं. २०९० सम्म बढिमा १ लाख जनसंख्या अटाउने गरी १० वटा नयाँ शहरहरुको विकास तथा निर्माण गर्नु यस आयोजनाको मूल उद्देश्य रहेको छ । त्यसको अलावा निम्न उद्देश्यहरु समेत रहेको देखिन्छ ।
क) प्रत्येक शहरमा १ लाखसम्मको जनसंख्या पुर्याउनको लागि आवश्यक पूर्वाधारहरुको विकास गर्ने ।
ख) शहरीकरणलाई व्यवस्थित गरी प्रत्येक शहरलाई त्यस क्षेत्रको केन्द्रको रुपमा विकास गर्ने ।
ग) वस्तीहरुको विकासको रणनीतिक योजना, कार्यक्रम, भू-उपयोग तथा विकास रणनीति तयार पार्ने ।
घ) कृषि, पर्यटक, शैक्षिक तथा औद्योगिक क्षेत्रहरुको विकास एवं प्रवद्र्धन गरी ग्रामीण विकासमा सहयोग पुर्याउने ।
ङ) ग्रामीण क्षेत्रबाट ठूला शहरहरुमा हुने बसाईसराईलाई कम गर्दै साना तथा मझौला आधुनिक शहरहरुको विकास गर्दै जाने ।