चो?लुङ पार्क

Government of Nepal

लालीगुराँस नगरपालिकाको बसन्तपुर बजारको हाताभित्र अवस्थित चो?लुङ पार्क तेह्रथुम जिल्लामा बसोबास गर्ने लिम्बू जातिको ऐतिहासिक तथा सांस्कृतिक पहिचान झल्काउने महत्वपूर्ण पर्यटकीय स्थल हो। यस पार्कलाई लिम्बू समुदायको परम्परा, संस्कृति र इतिहासलाई उजागर गर्ने उद्देश्यले आवश्यक पूर्वाधार निर्माण गरी पूर्व नेपालको एक आकर्षक तथा रमणीय पर्यटकीय गन्तव्यको रूपमा विकास गरिएको हो।

चो?लुङ पार्कलाई विश्वका घुम्नै पर्ने १०० उत्कृष्ट गन्तव्यमध्ये एकको रूपमा सूचीकृत गरिएको छ, जसले यसको अन्तर्राष्ट्रिय पहिचान र महत्वलाई थप सुदृढ बनाएको छ।