धरौटी सदरस्याहा सम्बन्धमा
धरौटी सदरस्याहा सम्बन्धमा
(सूचना प्रकाशित मिति २०८३/०१/२५)
यस कार्यालयमा धरौटी फिर्ता गर्नुपर्ने अवधि पुगेको प्रयोजन विहीन र नामनामेसी नखुलेको विभिन्न फर्महरूको धरौटी रकम बाँकी रहेकोले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्त्व नियमावली, २०७७ को नियम ६७(२) बमोजिम सदरस्याहा गर्नुपर्ने अवधि पुगेको हुँदा नियमानुसार धरौटी फिर्ता गर्न, तोकिएको म्याद भित्र दाबी नआएमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्त्व नियमावली, २०७७ को नियम ६७(३) अनुसार धरौटी सदरस्याहा गरी राजश्व खातामा आम्दानी बाँध्ने प्रयोजनको लागि यो सूचना प्रकाशन गरिएको छ । धरौटी रकम बाँकी रहेका फर्महरूको नामनामेसी तथा धरौटी रकम सहितको विवरण कार्यालयको सूचना पाटी तथा नयाँ शहर आयोजना समन्वय कार्यालयको वेबसाइट https://ntpco.dudbc.gov.np/ मा समेत प्रकाशन गरिएको छ । यो सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र उक्त धरौटी रकम फिर्ता लिन आवश्यक प्रमाण सहित कार्यालयमा निवेदन दिनुहुन सूचित गरिन्छ ।
आयोजना निर्देशक