बसन्तपुर नयाँ शहर आयोजना कार्यालय, तेह्रथुम

बसन्तपुर नयाँ शहर आयोजना कार्यालय, तेह्रथुम

कार्यालयको नाम:                     बसन्तपुर नयाँ शहर आयोजना कार्यालय
ठेगाना: बसन्तपुर, तेह्रथुम
फोन नं.: ०२६-४०२१२२
इमेल ठेगाना: newtownbasantapur@gmail.com
कार्यालय प्रमुख: श्री सुदिप झा
मोबाइल नं.: +९७७-९८५२०५३१३४

 

बसन्तपुर नयाँ शहर नेपाल सरकारको आ.व. २०६७/०६८ को नीति तथा कार्यक्रम अनुसार आधुनिक नयाँ शहरहरूको विकास र निर्माण गर्ने अवधारणाबाट स्थापना गरिएको एक महत्वपूर्ण शहरी विकास आयोजना हो । यो आयोजना तेह्रथुम जिल्लाको लालीगुराँस नगरपालिकाको बसन्तपुर बजार क्षेत्रमा अवस्थित छ र मध्यपहाडी (पुष्पलाल) राजमार्गसँग जोडिएका १० वटा प्रस्तावित नयाँ शहरहरूमध्ये एक हो ।

सघन शहरी विकास कार्यक्रम अन्तर्गत सुरु गरिएको यस आयोजनालाई आ.व. २०७१/०७२ देखि छुट्टै बजेट शीर्षक मार्फत कार्यान्वयन गर्न थालिएको हो । प्रारम्भिक चरणमा तत्कालीन शहरी विकास तथा भवन निर्माण विभाग, डिभिजन कार्यालय धनकुटाबाट सञ्चालन गरिएको यो आयोजना विभिन्न चरणहरू पार गर्दै २०७२/०६/२२ देखि बसन्तपुरबाटै प्रत्यक्ष अख्तियारीसहित सञ्चालन हुन थालेको हो । त्यसपछि २०७५/०९/०२ देखि २०७६/०७/०१ सम्म सङ्घीय आयोजना कार्यान्वयन इकाई, मोरङ (विराटनगर) बाट सञ्चालन भई पुनः २०७६/०७/०१ देखि हालसम्म बसन्तपुरबाट नै पूर्ण अख्तियारीसहित कार्यान्वयन भइरहेको छ ।

आ.व. २०७३/०७४ मा नयाँ शहर आयोजना समन्वय कार्यालयद्वारा तयार गरिएको एकीकृत विकास योजना (IDP) अनुसार यस आयोजनाका कार्यक्रमहरू सञ्चालन हुँदै आएका छन् ।

यस नयाँ शहर आयोजनाको मुख्य उद्देश्य बसन्तपुरलाई पूर्वी नेपालको व्यवस्थित, पहिचानयुक्त र आधुनिक शहरका रूपमा विकास गर्नु हो । यसले ठूला शहर तथा तराईतर्फ हुने बसाइँसराइलाई न्यूनिकरण गर्ने, शिक्षा, स्वास्थ्य, यातायात, सांस्कृतिक तथा पर्यटन सेवाहरूलाई सुदृढ बनाउने तथा स्थानीय आर्थिक विकासमा योगदान पुर्‍याउने लक्ष्य राखेको छ । साथै, पर्यटन प्रवर्द्धनमार्फत स्थानीय आर्थिक गतिविधि विस्तार गर्दै वि.सं. २०२० सम्म करिब १ लाख जनसङ्ख्याका लागि आधुनिक पूर्वाधार विकास गर्ने दीर्घकालीन लक्ष्य समेत राखिएको छ ।

विनियोजित बजेट र खर्चको अवस्था

बिनियोजन र खर्च (चालु र पुँजिगत)- रकम रू. हजारमा

विवरण २०७१/७२ २०७२/७३ २०७३/७४ २०७४/७५ २०७५/७६ २०७६/७७ २०७७/७८ २०७८/७९ २०७९/८० २०८०/८१
बिनियोजन ८४७४.५ ३७०८५.५ ७७२३१.६ १५०३४८ २१९५०८ ६८५४७ ७६९८९.९ १६९१०३.९ १६२७३३.२ १७७०५१
खर्च ४५८६.०६ २९२५०.७५ ५९५२४.१५ १४२८२८.५ २०७८३१.१ ५८६८१.९६ ७३६३३.८ १२४४६५.५ १४३७५६.४ १५१८२१

 

भौतिक प्रगति विवरण

सि.नं. विवरण इकाई हाल सम्मको जम्मा
भवन निर्माण वटा
तरकारि/फलफुल/हाट बजार वटा
बसपार्क/पार्क/खेलमैदान निर्माण वटा
खानेपानि आयोजना वटा
सौर्य बत्ती वटा ४४
सडक निर्माण, ट्याक खोल्ने/स्तरोन्नति/ग्रावेल कि.मि. ५१.२५
सडक ढलान कि.मि. ५.२६
सडक सोलिंग कि.मि. ८.१२
नाली निर्माण कि.मि. ३४.८३
१० फुटपाथ कि.मि. २८४

 

बसन्तपुर जग्गा एकीकरण आयोजना, तेह्रथुम

बसन्तपुर जग्गा एकीकरण आयोजना लालीगुराँस नगरपालिका वडा नं. १ (साविक साब्रा–९), डोप्किलोमा अवस्थित छ, जुन पूर्वमा मध्यपहाडी लोकमार्ग र पश्चिममा कोशी राजमार्गको बीच भागमा पर्छ। यस आयोजनाको कुल क्षेत्रफल ४३४ रोपनी रहेको छ भने कुल १४१ कित्ता जग्गा समावेश गरिएको छ।

जग्गा एकीकरण गर्दा निम्न अनुसार क्षेत्रफल तथा संरचना निर्धारण गरिएको छ:

कुल ब्लक संख्या  १८ वटा
बिक्रीयोग्य प्लट (Sales Plot) २९ रोपनी
बुट्यान क्षेत्र ७६ रोपनी
भित्री सडक  ३.३ कि.मी. (९ मि. चौडाइ, भूमिगत
खोल्सी क्षेत्र  ३१ रोपनी (१८ मि. चौडाइ)
खुला क्षेत्र  १७ रोपनी
चिहान क्षेत्र  १ रोपनी
जग्गाधनीलाई फिर्ता गरिने विकसित घडेरी २४१ रोपनी