नयाँ शहर आयोजना कार्यालय खुर्कोट, सिन्धुली

नयाँ शहर आयोजना कार्यालय खुर्कोट, सिन्धुली

कार्यालयको नाम:                     नयाँ शहर आयोजना कार्यालय, खुर्कोट
ठेगाना: खुर्कोट, सिन्धुली
फोन नं.: -
इमेल ठेगाना: khurkotnewtown@gmial.com
कार्यालय प्रमुख: श्री विनोद कुमार यादव
मोबाइल नं.: +९७७-९८५७८२१८५७

 

नेपाल सरकारले मध्यपहाडी लोकमार्गमा अवस्थित १० विभिन्न स्थानहरूलाई आधुनिक शहरका रूपमा विकास गर्ने नीति (आ.व. २०६७/६८) अन्तर्गत सिन्धुली जिल्लाको खुर्कोटलाई पनि प्रमुख नयाँ शहरको रूपमा छनोट गरेको हो । यसै नीतिलाई कार्यान्वयन गर्न शहरी विकास मन्त्रालय अन्तर्गत रहेको शहरी विकास तथा भवन निर्माण विभागले वि.सं. २०७० सालमा नयाँ शहर आयोजना कार्यालय, खुर्कोट स्थापना गरेको हो । यस आयोजनाको मुख्य उद्देश्य खुर्कोट क्षेत्रमा योजनाबद्ध र व्यवस्थित शहरीकरण गर्दै स्थानीय स्तरमा आर्थिक, सामाजिक तथा भौतिक विकासलाई प्रवर्द्धन गर्नु हो ।

खुर्कोटलाई एक समृद्ध शहरका रूपमा विकास गर्न विस्तृत गुरुयोजना निर्माण गरी शहरी संरचना, यातायात मार्ग, आवास तथा व्यापारिक क्षेत्रको विकासलाई विशेष प्राथमिकतामा राखिएको छ । साथै, स्थानीय बासिन्दाको जीवनस्तरमा सुधार ल्याउन गुणस्तरीय सडक सञ्जाल, विद्युत्, खानेपानी, ढल निकास तथा सामाजिक सेवाहरूको पहुँच विस्तार गर्ने उद्देश्यले आधारभूत पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको छ । स्थानीय तथा क्षेत्रीय आर्थिक गतिविधिहरूलाई प्रोत्साहन गर्दै खुर्कोटलाई व्यापार, उद्योग र सेवा क्षेत्रको आर्थिक केन्द्रका रूपमा स्थापित गर्ने तथा व्यवस्थित घडेरी विकासका लागि जग्गा एकीकरण आयोजना सञ्चालन गर्ने कार्य निरन्तर रूपमा अघि बढाइएको छ ।

भौगोलिक रूपमा खुर्कोट वि.पी. राजमार्ग र मध्यपहाडी लोकमार्गको संगम स्थलमा अवस्थित छ, जसले काठमाण्डौँ, रामेछाप, ओखलढुङ्गा र सिन्धुली-बर्दिबास क्षेत्रलाई जोड्ने एक प्रमुख रणनीतिक केन्द्रको रूपमा भूमिका निर्वाह गर्दछ ।

 

विनियोजित बजेट र खर्चको अवस्था

बिनियोजन र खर्च (चालु र पुँजिगत)- रकम रू. लाखमा

विवरण २०७२/७३ २०७३/७४ २०७४/७५ २०७५/७६ २०७६/७७ २०७७/७८ २०७८/७९ २०७९/८० २०८०/८१
बिनियोजन ३१० ११४८.५ १३९२ १४२९.५ ७६९.५ ७३३.३ १४१२.९ १२१२ १३१६.९३
खर्च २०६.९६ १०६४.७ १३०३.५५ १२४५.२ ६९९.८३ ६४२.५१ १२९९.४८ ८२०.११ १०६४.२३

 

भौतिक प्रगति विवरण

ट्रयाक खोल्ने/ स्तरोन्नति/ Graveled २९.४० कि.मि.
कालोपत्रे ७.८६ कि.मि.
ढलान सडक ४.४० कि.मि.
ढल/नाला निर्माण १५.५१ कि.मि.
सरकारी भवन निर्माण ३ वटा
सौर्य बत्ति जडान १६३ वटा
तरकारि/ फलफुल/ हाट बजार १ वटा
बसपार्क निर्माण १ वटा
खेल मैदान निर्माण १ वटा
पार्क निर्माण १ वटा
खानेपानी आयोजना ३ वटा
जग्गा विकास १ वटा

 

खुर्कोट जग्गा एकीकरण आयोजना, सिन्धुली

खुर्कोट जग्गा एकीकरण आयोजना सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिका–७, खुर्कोट, सुनकोशी नदी किनार क्षेत्र तथा बीपी राजमार्ग आसपासको क्षेत्रमा अवस्थित छ । कुल ६७८.८ रोपनी (३,४५,३३४.२८ वर्ग मिटर) क्षेत्रफलमा फैलिएको यस आयोजनामा २१७ जना जग्गाधनीहरू सहभागी छन् । जग्गा एकीकरणपछि साविकको ९१.६८ प्रतिशत क्षेत्रलाई व्यवस्थित रूपान्तरण गर्दै करिब ३७० वटा आवासीय प्लटहरू निर्माण गरिनेछ, जसले भविष्यमा यस क्षेत्रलाई योजनाबद्ध बसोबास तथा आर्थिक गतिविधिको केन्द्रका रूपमा विकास गर्न महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

जग्गाको क्षेत्रफल तथा संरचना निर्धारण:

    कुल क्षेत्रफल: ६७८.८ रोपनी

    कुल जग्गाधनी संख्या: २१७ जना

    कुल प्लट संख्या (एकीकरण पश्चात्): ३७० वटा

    सडक सञ्जाल: कुल ८.८४ कि.मि., जसमा ३ मिटरदेखि ११ मिटरसम्म चौडाइका सडकहरू रहनेछन्

भूमि उपयोग संरचना:

        आवासीय क्षेत्र: करिब ६२.६%

        सडक तथा पूर्वाधार: करिब २१.७६%

        सार्वजनिक खुला क्षेत्र: ५.३३%

        कुलो, ढल तथा खोल्सा: ३.९८%

        बिक्री प्लटहरू (४७ वटा): ६.३४% (आयोजनाको लागत परिपूर्तिका लागि)

यस आयोजना अन्तर्गत ९३% सडकको ट्रयाक खोल्ने र ६८.१८% ग्राभेल गर्ने कार्य सम्पन्न भइसकेको छ ।