नयाँ शहर आयोजना कार्यालय बैरेनी-गल्छी, धादिङ्ग

New Town Project Office, Baireni–Galchi, Dhading

कार्यालयको नाम:                     नयाँ शहर आयोजना कार्यालय बैरेनी-गल्छी
ठेगाना: बैरेनी-गल्छी, धादिङ्ग
फोन नं.: -
इमेल ठेगाना: ntogalchi@gamil.com
कार्यालय प्रमुख: श्री शशिन्द्र घिमिरे
मोबाइल नं.: ९८५११३८९०७

 

बैरेनी–गल्छी नयाँ शहर आयोजना कार्यालय धादिङ जिल्लाको गल्छी गाउँपालिकामा अवस्थित छ । यस आयोजनाले गल्छी गाउँपालिकाका वडा नं. १, ४, ६ र ७ लाई समेटेको छ, जसको कुल क्षेत्रफल ३४.२५ वर्ग किलोमिटर रहेको छ । यस क्षेत्रलाई स्मार्ट तथा दिगो (Smart & Sustainable) शहरका रूपमा विकास गर्ने उद्देश्य राखिएको छ ।

२०७८ को जनगणना अनुसार यस आयोजना क्षेत्रको कुल जनसङ्ख्या १४,९४१ रहेको छ, जसमा ७,६२० पुरुष र ७,३२१ महिला छन् । मुख्य विकास केन्द्रहरूमा गल्छी बजार, बैरेनी बजार, कल्लेरी टार र जिन्टेरार पर्दछन् ।

योजनाबद्ध शहरीकरणका लागि ९९० रोपनी क्षेत्रफलमा मास्टर प्लान अन्तर्गत जग्गा एकीकरण आयोजना (Land Pooling) लाई प्राथमिकताका साथ अगाडि बढाइएको छ, जसले व्यवस्थित आवास तथा आधुनिक शहरी पूर्वाधारको आधार तयार गर्नेछ ।

गल्छी क्षेत्र पृथ्वी राजमार्ग र केरुङ–गल्छी–काठमाण्डौँ सडकको मिलन बिन्दुमा अवस्थित भएकाले भविष्यमा प्रमुख व्यापारिक केन्द्र बन्ने सम्भावना रहेको छ । साथै अम्लेश्वर र छान्गेश्वर महादेव जस्ता धार्मिक स्थल तथा त्रिशूली नदीमा र्‍याफ्टिङजस्ता गतिविधिबाट पर्यटन विकासको राम्रो अवसर रहेको छ ।

एकीकृत विकास योजना (IDP) अन्तर्गत सडक सञ्जाल सुधार, पार्क निर्माण, तथा एकीकृत शहरी सेवा केन्द्रहरूको विस्तार गर्दै भौतिक, सामाजिक, आर्थिक र वातावरणीय विकासलाई समेट्ने दीर्घकालीन योजना कार्यान्वयन भइरहेको छ ।

विनियोजित बजेट र खर्चको अवस्था

बिनियोजन र खर्च (चालु र पुँजिगत)- रकम रू. लाखमा

विवरण २०७२/७३ २०७३/७४ २०७४/७५ २०७५/७६ २०७६/७७ २०७७/७८ २०७८/७९ २०७९/८० २०८०/८१   
बिनियोजन ६७८.७० १०३६.१८ १०६६.०० ७७९.०० १०६०.०० १२४५.०० १०९०.७० १७७१.५० ५४६.००  
खर्च ४९४.०१ ८५७.७२ ९०२.४५ ५८९.१६ ६३७.१४ ११०४.९४ ६२७.५३ १६८६.१९ २३३.५५

 

भौतिक प्रगति विवरण

सरकारी भवन निर्माण ३ वटा
तरकारि/फलफुल/हाट बजार १ वटा
सौर्य बत्ती १३८ वटा
सडक निर्माण, ट्याक खोल्ने/स्तरोन्नति/ग्रावेल २६.८ कि.मि.
कालोपत्रे २.६ कि.मि.
सडक ढलान २.६५ कि.मि.
ढल/नाली निर्माण १०.४० कि.मि.
जग्गा खरिद

 

मासटार (बैरेनी-गल्छी) जग्गा एकीकरण आयोजना, धादिङ्ग

मासटार (बैरेनी-गल्छी) जग्गा एकीकरण आयोजना, धादिङ्ग नयाँ शहर आयोजनाको एक प्रमुख रणनीतिक कार्यक्रम हो, जसको कुल क्षेत्रफल ९९० रोपनी रहेको छ । यस आयोजनाको मुख्य उद्देश्य जग्गा एकीकरण मार्फत व्यवस्थित शहरी पूर्वाधार, आधुनिक आवास र सडक सञ्जालको विकास गर्नु हो । यो आयोजना गल्छी क्षेत्रमा योजनाबद्ध शहरीकरणका लागि सुरु गरिएको हो र यसको ब्लक प्लान २०७४ सालमा स्वीकृत भएको थियो ।

हाल यस आयोजना अन्तर्गत पूर्वाधार निर्माणका लागि ११ मिटर चौडा बाहिरी चक्रपथको ट्रयाक खोल्ने कार्यलाई पहिलो प्राथमिकतामा राखिएको छ, जसले आयोजनाका विभिन्न ब्लकहरूलाई जोड्नेछ । आयोजनाको प्रभावकारी कार्यान्वयनका लागि हाल टोपोग्राफिकल सर्भे  भइरहेको छ ।