हाम्रो मिशन

IDP of Sanfebagar

Please click below pdf file to download it. 

लक्ष्यहरू

नेपाल सरकारको आ.व. ०६७/६८ को नीति तथा कार्यक्रम अनुसार आधुनिक नयाँ सहरहरूको विकास तथा निर्माण गर्ने सोचबमोजिम सघन शहरी विकास कार्यक्रम अन्तर्गत नयाँ सहर आयोजना (New Town Project) सञ्चालन रहेकोमा  आ.व. ०७१/७२ देखि छुट्टै बजेट उपशीर्षक ३४७३५८ प्राप्त भई कार्यक्रमहरू कार्यान्वयन भइरहेका छन् । यस आयोजनाले पाँच विकास क्षेत्रका २/२ वटा बस्तीहरूलाई समेटी हाललाई मध्यपहाडी लोकमार्गमा अवस्थित १० वटा स्थानहरूमा शहरी विकासका कार्यक्रमहरू सञ्चालन गरिरहेको छ । यो कार्यक्रमले नेपाल सरकारको राष्ट्रिय शहरी नीति (National Urban Policy, 2071) ले औँल्याएको सन्तुलित शहरी विकास “Balanced Urban Development” नीतिका साथै UN Millennium Development Goals को बुँदा नं. ७ “Ensure Environmental Sustainability” समेतलाई आत्मसात गरेको देखिन्छ ।