वि.सं:
नेपाल संवत: ११४५ पोहेलागा अष्टमी - २३
९ मंसिर, २०८१
नयाँ शहर आयोजनाको आ.व. २०८१/०८२ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत "नयाँ शहरहरूको शहरी पूर्वाधारको Digital स्थलीय GIS/SW Map मा प्रविष्ट गर्ने तालिम" र "जग्गा विकास सम्बन्धी कर्मचारीलाई तालिम प्रदान गर्ने" विषयमा आयोजित ५ दिने आवासीय "जग्गा एकीकरण प्रविधि र GIS/SW म्यापमा डाटा प्रविष्टि" तालिम २०८१ मंसिर ३ गते देखि ७ गते सम्म सूर्यविनायक-७, भक्तपुरमा सम्पन्न भएको छ।
उक्त तालिम/अभिमुखिकरण कार्यक्रममा २३ जना कर्मचारी सहभागी भएका थिए, जसले जग्गा एकीकरणको आधुनिक प्रविधि र GIS (भौगोलिक सूचना प्रणाली)/SW म्यापमा डाटा प्रविष्टि गर्ने तरिका बारेमा गहिरो जानकारी प्राप्त गरे। यसका साथै, सहभागिहरूलाई जग्गा विकास सम्बन्धी प्राविधिक सीप र विशिष्ट जानकारी प्रदान गरियो। सहभागीहरूले GIS प्रणाली मार्फत विभिन्न भौगोलिक डाटाको व्यवस्थापन र म्यापिङ गर्ने तरिका जानकारी प्राप्त गरे भने तालिमले शहरी योजना र भूमि व्यवस्थापनका क्षेत्रमा दक्षता बृध्दि गर्ने उद्देश्यमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ। जसले भविष्यमा शहरी क्षेत्रको विकास र भूमि व्यवस्थापनलाई अझ प्रभावकारी र व्यवस्थित बनाउनमा मद्दत पुर्याउनेछ।